मकवानपुर गढी घुम्न जानेको भिड बढ्दै ।

makwanpur gadi
Photo: Prasit O Graphics

नेपाल ट्राभल न्युज
मकवानपुर, १६ पुस, २०७५
ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ । मकवानपुरगढीको ऐतिहासिकता महत्वबारे प्रचार प्रसार बढेपछि, गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय व्यवसायी राजीव तामाङले बताउनुभयो ।

विशेष गरि विभिन्न अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूले ऐतिहासिक मकवानपुरगढी क्षेत्रकोे स्थलगत अध्ययन गर्नक्रम बढेको छ। यो संगै गढीआसपासको क्षेत्र संरक्षणका लागि अध्ययन थालिएको छ । यसैबीच पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सहितको टोलीले गत शनिबारदेखि, गढीक्षेत्रमा रहेर त्यहाँको भूगोल, इतिहास, वास्तुकला आदिबारे अध्ययन गरिरहेको छ । प्राध्यापक डा सुधा श्रेष्ठको नेतृत्वमा उपप्राध्यापक अजयचन्द्र लालसहितको विद्यार्थी टोलीले तीन दिनसम्म त्यहाँको अध्ययन गरि आवश्यक सुझाव दिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो। टोलीलाई इतिहासविद् केदारप्रसाद न्यौपानेले इतिहास र अन्य संरचनाबारे स्थलगत जानकारी गराउनुभएको छ ।

यो ऐतिहासिक गढीको महत्वबारे प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटनमा ठुलो फड्को मार्न सकिने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *