पाण्डवेश्वरलाई १५ करोड ।

नेपाल ट्राभल न्युज, दाङ, १६ पुस
दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धामको पर्यटन प्रवद्र्धनका लागि झण्डै ९० करोड रुपैयाँको गुरुयोजनाको बनाइएको छ ।

धारापानीस्थित पाण्डवेश्वर धाम पर्यटन विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न ९० करोड बढीको गुरुयोजना बनाइएको पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । पहिले करीब ७० करोडको गुरुयोजना बनाएर केही काम सम्पन्न पनि गरेपनि छुटेका केही कुरा समेटेर बृहत् गुरुयोजना बनाइएको उहाँको भनाई छ । नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने कार्यक्रम समेटिएको छ ।

यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको र नयाँ गुरुयोजनाको लागि प्रदेश नं ५ ले यो आर्थिक वर्षमा पाँच करोड बजेटसमेत विनियोजन गरेको सचिव आचार्यले बताउनुभयो ।