२० बर्षभित्र पर्यटन क्षेत्र विकासको मुख्य आधार क्षेत्र: मन्त्री अधिकारी

नेपाल ट्राभल न्युज, काठमाडौं, १६ पुस

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने बताउनु भएको छ । काठमाडौंमा सोमबार आयोजित नागरिक उड्डयन प्राधिकरणको २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्यगर्दै आगामी बर्षमा यो क्षेत्रलाई विकासको मुख्य आधारको रुपमा स्थापित गरिने बताउनु भयो।

मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै पर्यटन उद्योगको भविष्य उज्यालो रहेकोले उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गुर्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रलाई सेवाको रुपमा नभई व्यापारको रुपमा जोड दिँदा पर्यटन क्षेत्रको दिगो विकास भन्दै पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । पर्यटनका लागि सन् २०१८ उपलब्धी मुलक सन् २०१८ मा १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए ।

भ्रमण वर्ष २०२० अभियान सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *