परम्परागत नाँच पर्यटनको माध्यम बन्दै

डोटी, ७ माघ

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज पर्यटन व्यावसायिकको गतिलो माध्यम बन्न थालेको छ । ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने छलिया र हुड्के नाच्नेको माग बढ्दै गएपनि आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ भने आय आर्जन समेत बढेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा महोत्सवलगायत धार्मिक कार्य चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाच्नेहरु व्यस्त हुने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । दिपायलको हुड्के नाचले एक दिनको रु १० हजार तथा छलिया नाचको एक दिनको छलिया समूहले रु १५ हजारसम्म लिने गरेको छ । छलिया नाच प्रायःगरी बैतडी जिल्लावासीले नाच्ने गर्छन् ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर र साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक ला ५० हजार कमाइएको बैतडी छलिया समूहले बताएको छ । जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाइ थियो ।