आन्तरिक पर्यटन प्रर्वद्धनमा ः स्वस्थानी ब्रत ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु भएको छ ।

माघ महीनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्दछन् । यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ यसवर्ष माघ ७ गतेदेखि फागुन ७ गतेसम्म ३० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी तयारी गरिएको बताउनुहुन्छ। व्रतालु आइतबार साँझदेखि नै साँखुमा जम्मा भएका छन् । आइतबार बेलुकी नै व्रतालुले माधवनारायणका पूजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुने विधान छ । मेला भर्न जानेहरुका कारण आन्तरिक पर्यटन प्रर्वद्धनमा ठुलो टेवा पुगेको स्थानीय ब्यवसायीहरुको भनाई छ ।
त्यस्तै, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो । यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उहाँको भनाइ छ । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने