नेपालमा वैकल्पीक ‘एयर इन्ट्री’ दिन भारत सकारात्मक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि एयर इन्ट्री प्रदान गर्न भारत सकारात्मक भएको बताउनु भएको छ । मुम्बईमा भएको ग्लोबल एभिएशन समिटमा भारतीय समकक्षी सुरेश प्रभुसँग भेटवार्ता गरेपछि काठमाडौं फर्किएका मन्त्री अधिकारीले भारतीय समकक्षीसँग हवाई रुटको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

नेपालले चार हवाई प्रवेश विन्दू उपलब्ध गराउन भारतलाई अनुरोध गरेपनि हाललाई भैरहवा अन्तराष्ट्रिय विमानस्थलका लागि एयर इन्ट्रीका लागि भारत सकरात्म बनेको उहाँको भनाई छ । तोकिएकै समयमा सञ्चालन गर्न भारतीय पक्षबाट सहयोगको आश्वसन पाएका छौं उहाँले भन्नुभयो । सरकारले आगामी साउनदेखि गौतमबुद्ध क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। भारतीय सीमा नजिक निर्माण भएको सो विमानस्थलमा अन्तर्रा्ष्ट्रिय उडान गर्ने विमानहरुले भारतको आकाश प्रयोग गर्नुपर्ने हुन्छ।

अन्तर्रा्ष्ट्रिय उडानका लागि कम्तिमा ३२ हजार फिट उचाइ आवश्यक पर्छ।