झरनामा : सौर्य बत्ती

नेपाल ट्राभल न्युज, बागलुङ, ९ माघ :

बागलुङ जिल्लाकै प्रसिद्ध ताराखोला गाउँपालिकाको गाईघाट झरनामा सौर्यबत्ती जडान गरिएको छ। गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रमा सौर्य ऊर्जा पु¥याउने लक्ष्यका साथ गाईघाटमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

दिनभर सूर्यको प्रकाशबाट शक्ति सञ्चित गर्ने र रातको समयमा आफै बल्नेगरी गाईघाटमा तीन वटा सौर्य प्यानल जडान भएका छन् । रातको समयमा घुम्न आउने पर्यटकको सहजताका लागि ताराखोला गाउँपालिकाले सौर्यबत्ती जडान गरेको हो। झरना रहेको क्षेत्रमा उज्यालो पुग्ने गरी तीनवटा बत्ती जडान भएको अध्यक्ष घर्तीले बताउनुभयो । गाईघाट झरनासँगै गाउँपालिकाकै तीनचुलेमा रहेको शिवजीको मन्दिरमा पनि सौर्यबत्ती जडान भएको छ ।