पर्यटन क्षेत्रका दोषीलाई कारवाही माग

काठमाडौँ, १६ माघ २०७५ :

हेलिकप्टर सोसाइटी अफ नेपालले, पर्यटक उद्धारका नाममा केहि ब्यक्ति र संस्थाले गरेको खराब कामका कारण समग्र हेलिकप्टर व्यसायीको बदनाम भएको भन्दै छानविनको माग गरेको छ ।

सोसाइटीले सो घटनामा संलग्न केही व्यक्ति र सङ्घसंस्थाको खराब व्यवहार तथा गैरकानुनी क्रियाकलापबाट पर्यटन क्षेत्रलाई बचाउन त्यसमा संलग्न दोषीलाई कारवाही हुनुपर्ने माग गरेको छ । मुलुकको पर्यटन क्षेत्रलाई प्रतिकूल असर पार्ने गरी गलत समाचार प्रवाह भएमा पर्यटक आउने अहिलेको मौसममा नकारात्मक प्रभाव पर्ने हुँदा संवेदनशील हुन समेत सोसाइटीका अध्यक्ष रामेश्वर थापाले सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।