पर्यटन व्यवसायी शाक्यको कोष सार्वजनिक

 

काठमाडौँ, २२ माघ :  प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको आज सार्वजनिक भएको छ । सोच, खोज, म सक्छुलगायत पुस्तकका सर्जक शाक्यको सो कोष मंगलबार समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले काठमाडांैमा आयोजित कार्यक्रममा लोकापर्ण गर्नुभयो । नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ ।

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भन्नुभयो । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उहाँले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न सकेको हो भन्नुभयो ।

फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य रु ५०० रहेको छ ।