दृढ संकल्पका पर्याय : पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा

काठमाडौं—नेपालको पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको बुधबार ताप्लेजुङको दारेढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

यति एयरलाइन्स र तारा एयरलाइन्सका प्रबन्धक निर्देशक तथा पछिल्लो पटक सञ्चालनमा आएको हिमालयन एयरलायन्सका अध्यक्ष समेत रहेका छिरिङ पर्यटन व्यवसायमा गेम मेकरका रुपमा नै चिनिनुहुन्छ । सोलुखुम्बुको पाङबोचेमा जन्मेका शेर्पा युवा श्रमिकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । आङछिरिङ चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर व्यवसायी छिरिङ २० वर्षको अवधिमा नै ट्रेकिङ र हवाई सेवामा समेत स्थापित हुनुभयो । सोलुखुम्बुमा पर्यटकको भरिया बनेर पर्यटन क्षेत्र प्रवेश गरेका शेर्पाले काठमाडौंमा आएपछि जमल कार्यालय भएको आफ्नै दिदी आइडालीको कम्पनी शेर्पा सोसाइटीमा पथ प्रदर्शकको काम शुरु गर्नुभएको थियो । केही समय त्यहाँ काम गरेपछि छिरिङ दाजु लाक्पा सोनाम र भाउजू पाशाङल्यहामु शेर्पाले स्थापना गरेको कम्पनी थाम्सेर्कुमा सर्नुभयो र त्यहाँबाट उहाँको जीवनले नयाँ मोड लियो ।

अहिले पर्यटन व्यवसाय साथै समग्र नेपाली समाजमा बनेको उहाँको पहिचान थाम्सेर्कुकै आधार रहेको मानिन्छ । नेपालको अंग्रेणी ट्रेकिङ एजेन्सीका रुपमा स्थापित थाम्सेर्कुमा उहाँसंगै उहाँका जेठा दाजु लाक्पा सोनाम, कान्छो भाई आङटेण्डी पनि जोडिनुभएको छ । छिरिङकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथा आरोहण गरी फर्किने क्रममा हिमपहिरोमा परी मृत्यु भएपछि थाम्सेर्कुले विशेष उचाई लिएको पाइन्छ । थाम्सेर्कुबाट पाएको सफलताले उहाँले यति एयरलायन्स कम्पनी खोल्नुभयो भने त्यसपछि तारा एयरलायन्स र अहिले हिमायन एयरलायन्सको अध्यक्ष समेत हुनुहुन्थयो । गोकर्ण फरेस्ट रिसोर्टदेखि निर्माणाधीन पाँचतारे होटल मेची क्राउनमा समेत लगानी गर्नुभएका शेर्पाले यति माउन्टेन्ट लजलगायत हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमा समेत होटलहरु सञ्चालन गर्नुभएको छ । त्यसैगरी चितवनको चर्चित रिसोर्ट ‘कसरा’ मात्रै होइन् सगरमाथा बेसक्याम्पमा पनि छिरिङका होटलहरु रहेको बताइन्छ ।

शेर्पाको परिवारमा बुधबार दुर्घटना तेस्रो ठुलो दुर्घटना हो । २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा उद्धारमा जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । जेठादाजु सोनामकी जेठी पत्नी उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा मृत्यु भएको थियो ।