साना होटलको श्रेणी विभाजन

काठमाडौँ, २२ फागुन ः खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ । 

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई दिने सेवा र सुविधाका आधारमा गत वर्षदेखि श्रेणी विभाजन गरिरहेको छ । होटलले दिने सुविधाका आधारमा ‘स्टिकर’ दिएर श्रेणी छुट्टाउने गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो । उहाँका अनुसार क्षेणी विभाजनको लागि ५० वटा मापदण्ड निर्धारण गरिएको छ । देशका सबै होटललाई श्रेणी विभाजन गर्ने विभागको योजना छ । रातो, पहँेलो वा हरियो ‘स्टिकर’ मार्फत होटललाई विभाजन गरिएको उहाँले बताउनुभयो ।