सौर्यले ति¥यो एक करोड बक्यौता

काठमाडौँ, फागुन २०७५ :  निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ ।

फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको सौर्यले दुई महीनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले हालसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्ने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो।

एयरलाइन्सले दुई महीनाभित्र सबै बक्यौता तिर्ने वचन दिएको उहाँको भनाई छ ।

अब नयाँ व्यवस्थापन
यसैबीच सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले बताउनु भयो । अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् ।

सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ ।