गण्डकीमा ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा, फागुन २०७५ : गण्डकी प्रदेशसभाले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरियोस भन्दै गर्नुभएको विधायन समितिको प्रस्तावसहितको प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदैै प्रदेशसभा सदस्यहरुले गण्डकी प्रदेश तालहरुले सम्पन्न भएको चर्चा गर्दै प्रदेशको समृद्धिसँग जोडिएका ताल संरक्षणका लागि प्रस्तुत विधेयक उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशमा साना–ठूला गरी कूल ६१ वटा ताल रहेको जानकारी दिँदै सभा सदस्य मधुमाया अधिकारी गुरुङले तालको संरक्षणसँगै उपयोग गरेर आयआर्जन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।