दुई महीनामै दुई लाख पर्यटक

काठमाडौँ, फागुन २०७५ : सन् २०१९ को दुई महीनामै दुइलाख भन्दाबढी बाह्य पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

यो बर्षको जनवरी र फेब्रुअरीमा कुल दुई लाख १६ हजार २ सय १४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेको अध्यागमन विभागको तथ्याकमा उल्लेख छ । फेब्रुअरीमा मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी पर्यटक नेपाल आएका छन् । यो बर्ष फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रसअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् ।