चैत, काठमाडौं, ।
फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो शहर बनेको छ ।
‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको पछिल्लो सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो शहरको सूचीमा परेको हो ।सबैभन्दा साधारण वस्तु जस्तै, पाउरोटीको मूल्य र मानिसको जीवनस्तरलाई तुलना गरि तयार गरिएको सूचिमा पहिलोपटक तीनवटा सहर परेका हुन् । इकोनोमिस्ट इन्टेलजेन्स युनिटले इतिहासमै पहिलो पटक तीनवटै शहर एकैपटक सबैभन्दा महँगो शहरको सूचीमा आएको जनाएको छ ।
गतबर्ष प्यारिस सूचीको दोस्रो नम्बरमा थियो । यसपटक पेरिससंगै हङकङ र सिंगापुर समान १ सय ७ अंक सहित तालिकाको शीर्ष स्थानमा छन् ।
Source : http://www.eiu.com/topic.aspx?topic=worldwide-cost-of-living
विश्वका १३३ सहरलाई आधार मानी गरिएको सर्वेक्षणमा चारओटा युरोपियन सहर परेका छन् । सबैभन्दा महँगो सहरको सूचीको चौथो नम्बरमा स्वीट्जरल्यान्डको जुरिच, पाँचौंमा जापानको ओशाका, छैटौंमा डेनमार्कको कोपनहेगन, सातौंमा अमेरिकाको न्यूयोर्क, दशौंमा इजरायलको तल अविव र अमेरिकाको लस एन्जलस् संयुक्तरुपमा परेका छन् ।
आधारभूत मूल्यलाई आधार मान्दा आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलाको राजधानी काराकास विश्वकै सबैभन्दा सस्तो सहर बनेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमस्कस सबैभन्दा सस्तो सहरको दोस्रो सूचीमा पर्दा तेस्रो नम्बरमा युज्वेकिस्तानको तास्केन परेको छ ।
यस्तै, भारतको राजधानी नयाँदिल्ली सबैभन्दा सस्तो शहरको आठौं नम्बरमा परेको छ भने भारतकै अर्को शहर बैङ्लोर पाँचौ र चेन्नेइ सातौं सस्तो शहर ठहरिएको छ ।