चैत २०७५ काठमाडौँ ।
पर्यटन, पुर्वाधार, जलविद्युत लगायतका विषयमा लगानी भित्र्याउने लक्ष्यलाई केन्द्रमा राखेर लगानी सम्मेलन आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा उद्घाटन गर्नुभएकोे सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले, स्थीर सरकार र राम्रो वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो। नेपालमा लगानीगर्दा उचित प्रतिफलको ग्यारेन्टि हुने उहाँको भनाई छ।
स्वागत मन्तब्य राख्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले, नेपालमा नयाँ लगानी भित्र्याउन तथा अनुभव आदानप्रदान गर्न लगानी सम्मलेन महत्वपुर्ण हुने बताउनु भयो । सम्मेलनमा म्यान्मारका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन लगायतले, सम्मेलनको सफलताको शुभकामना ब्यक्तगर्नुभयो । विभिन्न ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागीता रहने सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।