चैत २०७५ काठमाडौँ ।
मायाँ गुरुङले नेतृत्व गरेको आरोहण दलले पहिलो पटक जुगल हिमालमा पहिलो पाइला टेक्न सफल भएको छ।
जुगल हिमालका ७ शिखरमध्ये शर्मिला थापा, प्रेम गुरुङ मिलन तामाङ सहितको आरोहण दलले सिन्धुपाल्चोकको ६ हजार १ सय ५१ मिटर अग्लो सो शिखर आरोहण गरेका हो।
आरोहण दलमा सहभागी सिन्धुपाल्चोकका पूर्व सांसद सुवाष कर्माचार्य र सिन्धुपाल्चोकका नेकपा माधव सापकोटा भने स्वास्थ्यमा समस्या आएपछि आरोहणयात्रा बीचैमा छाडेर फर्कन बाध्य भएको पत्रकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सगरमाथा आरोही समेत रहेकी मायाँ गुरुङले टोलीको नेतृत्व गर्नु भएको हो ।